प्रकाश सपुतको गीतबारे अध्यक्ष प्रचण्डको प्रतिक्रिया : गीत स्वभाविक हो,हामी उत्तेजनामा आउनु हुँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रकाश सपुतको गीत ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आउनु नपर्ने स्पष्ट पार्नुभएको छ ।
आज धनगढी विमानस्थलमा पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले त्यसको धेरै विरोध गर्नुपर्ने जस्तो आफूलाई नलागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मानिसहरुले आफ्नो अनुभव, आफ्नो अनुभूति अनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन् । डिबेट त हुन सक्छ तर माओवादी आन्दोलनको एउटा पाटोको रुपमा कसैले चर्चा गर्यो भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ ।’

उहाँले गीत स्वभाविक भएको र कहिँ न कहिँ हामी चुकेको अवस्थालाई सिर्जित गरेकोले हामी कोहि उत्तेजनामा आउनु जरुरी नभएको प्रतिक्रिया दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *