डाक्टर र वैद्यले धेरै दु:ख दिएका थिए : अध्यक्ष प्रचण्ड

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र आफूले असाध्यै दु:ख भोगेको बताउनु भएको छ। आठौं महाधिवेशनबाट अध्यक्ष चुनिए पनि पदाधिकारी र कमिटीहरुलाई पूर्णता दिन सकस खेपिरहेका प्रचण्डले शनिबार नुवाकोटमा दिवंगत नेता पोष्टबहादुर बोगटीको शालिक अनावरण गर्दै त्यसको संकेत गर्नुभएको हो।

उहाँले डा. बाबुराम भट्टराई र मोहन वैद्य किरणले आफूलाई पार्टीभित्र सताएको पनि खुलाउनु भयो। ‘डाक्टर र वैद्यको हालत अहिले के छ? डाक्टर र वैद्यले बेला-बेला सताउँथे। तिनीहरुको सातो खाने पोस्टबहादुर नै थिए। उहाँको निधनले आसाधारण क्षति भयो,’ उहाँले भन्नुभयो।
बोगटीले संविधान बनाउन धेरै भूमिका खेलेको समेत बताउनुभयो। ‘संविधानसभामा उहाँले संविधान बनाउन धेरै भूमिका खेल्नुभयो। सबैको सहयोग र सहमति जुटाउनसक्ने, सम्वाद गर्ने क्षमता उहाँमा थियो,’ उहाँले भन्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *