मुलुक माओवादीकै एजेण्डा र इसारामा चलिरहेको छ : प्रचण्ड

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक माओवादीकै एजेण्डा र इसारामा चलिरहेको जिकिर गरेका छन् ।

सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आगामी दिनमा पनि देशलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै रहने दावी गरे ।

‘अहिले देश माओवादीकै एजेण्डामा र राष्ट्रिय राजनीति पनि माओवादीकै इसारामा चलिरहेको छ,’ प्रचण्डले भने, ‘देशलाई कता लैजाने भन्ने पनि माओवादीकै हात छ।’

अध्यक्ष प्रचण्डले वर्तमान पाँच दलिय गठबन्धन आउँदो स्थानीय तहको निर्वाचनसम्म सुरक्षित रहन्छ रहने बताए । नेपाली काँग्रेसका केही नेता आगाी निर्वाचनमा गठबन्धन नहुने बताउदै आएका छन् । यद्यपि काँग्रेस सभापति शेरबहादुर देउवाले भने गठबन्धन गर्ने सहमति भइसकेको जनाउदै आएका छन् ।

प्रचण्डले एमसीसीका काराण मुुलुक झण्डै दुर्घटनामा परेको उल्लेख गरे । तर अहिले उक्त खतरा टरिसिकेको बताए ।
एमसीसीपछि माओवादीमा सिर्जित समस्या छलफलबाटै समाधान गरिने धध्यक्ष प्रचण्डको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *