हाम्रो बुद्धिमतापूर्ण निर्णयले गठबन्धन जोगियो: अध्यक्ष प्रचण्ड

काठमाडौं ! नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी परियोजनाका विषयमा आफूहरूले गरेको बुद्धिमतापूर्ण निर्णयले अहिलेको सत्तारूढ गठबन्धन जोगिएको बताउनु भएको छ।

एमसिसी परियोजना अनुमोदन गर्ने सन्दर्भमा गठबन्धनकै भविष्य के हुने हो भन्ने चर्चा चलिरहेका बेला सकारात्मक समाधान गर्न आफूहरू सफल भएको उहाँले बताउनु भयो।

पार्टीको आन्तरिक कार्यक्रमलाई सम्बोधन गर्न शुक्रबार सुर्खेत पुग्नुभएका अध्यक्ष प्रचण्डले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भन्नुभयो, ‘एमसिसीबारे समस्याले देशमा गम्भीर प्रकृतिको असर पर्छ कि भन्ने जुन चिन्ता सर्वत्र छाएको थियो, हामीले अन्ततः सकारात्मक, रचनात्मक र बुद्धिमतापूर्ण तरिकाले समाधान निकाल्यौं, यसले अहिलेको हाम्रो गठबन्धन जोगिएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *