एमसिसी व्याख्यात्मक घोषणासहित पारित भएकोमा निकै खुसी छु : अध्यक्ष प्रचण्ड

काठमाडौं ! नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना एमसिसी व्याख्यात्मक घोषणासहित पारित भएकोमा आफू निकै खुसी भएको बताएको छ।

सोमबार आफ्नो निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफूले सुरूदेखि नै एमसिसीमा राष्ट्रिय सहमति होस् भन्ने चाहना रहेकाले एमसिसी पारित हुँदा खुसी भएको बताएका हुन्।

एमसिसीसँगै पारित भएको १२ बुँदे व्याख्यात्मक घोषणाको कानुनी हैसियत हुने भन्दै उनले यसले नेपालको राष्ट्रिय सुरक्षालगायत विषय स्पष्ट पारेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *