ओलीले एमसीसी जस्ताको त्यस्तै पास गर्न खोज्दा गिजोलियो, अहिले हित हुने गरी अनुमोदन भयो : अध्यक्ष प्रचण्ड

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष केपी शर्मा ओलीले यसअघिको नेपाल कम्युनिस्ट पार्टीको पालामा नै अमेरिकी सहायता परियोजना एमसीसी सबैभन्दा धेरै गिजोलिएको बताउनुभएको छ । आफ्नै निवास खुमलटारमा आज साेमवार भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले पहिले अमेरिकाले नेपाललाई ठूलो सहायता दिने भयो भनेर सबै खुसी भए पनि नेकपाको सरकार बनेपछि अनेक विषय आउँदा गिजोलिएको बताउनुभयो ।

‘पहिले अमेरिकाले नेपाललाई अनुदान दिने भयो भनेर हामी सबै खुसी थियौँ तर नेकपाको सरकार बनेपछि यो विषय गिजोलियो, एमसीसी प्रोजेक्टलाई अमेरिकाकै केही मन्त्रीहरूले आईपीएसको अङ्ग भनेर भनेपछि थप विवादमा आयो, यस्तै त्यति बेलाका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली अमेरिका गएपछि नेपाल पनि नेपाल आईपीएसकै सदस्य भयो भन्ने समाचार आयो र विवादमा आयो ।’

आफूहरू नेकपामै रहँदा एमसीसी सम्झौतामा भएका विषय स्पष्ट नगरि पास नगर्ने अडान राखेको तर त्यति बेलाका अध्यक्ष केपी शर्मा ओलीले जस्ताको त्यस्तै पारित गर्ने अडान राख्नुभएको प्रचण्डको जिकिर छ ।  ‘एमसीसीमा पहिला ओरिजिनल सहमति हुँदा संसदबाट पारित गर्नुपर्ने प्रावधान थिएन तर सन् २०१९ मा ओली सरकारले नै संसदबाट पारित गरेर कानुनी हैसियत दिने भनेपछि विवादित बन्यो’, प्रचण्डले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *