माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्ना कार्यकर्तालाई विशेष सम्बोधन गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज सोमबार विशेष सम्बोधन गर्नुहुने भएको छ ।

आइतबार बेलुका प्रतिनिधि सभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी पारित भए पश्चात विकसित राजनीतिक घटनाक्रमका विषयमा उहाँले सम्बोधन गर्नलाग्नु भएको माओवादीका एक नेताले बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले आज सोमबार अपराह्न ३ बजे उहाँकै निवास खुमलटारमा विशेष सम्बोधन गर्नुहुने भएको छ ।

एमसिसी पास गर्न माओवादीले मत हालेपछि देशभरी व्यापक असन्तुष्टि रहेको छ। माओवादी कार्यकर्ताले धमाधम असन्तुष्टि जनाउदै पार्टी छोड्न थालेपछि उहाँको सम्बोधन आउन लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *