एमालेको नाममा अवैध बैठकहरु नगर्न माधव पक्षलाइ सस्थापनको चेतावनी

काठमाडौं : नेकपा (एमाले)ले माधव समूहलाई पार्टीको बैठक नगर्न चेतावनी दिएको छ। एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले अनधिकृत गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित कार्य नगर्न अपिल गरेका छन्। बुधबार विज्ञप्ति जारी गरी यही साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको उनले बताए।

‘नेपाल कम्यनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नामबाट श्रावण २१ गते बैठक आयोजना गरिएको भन्ने सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । श्रावण २१ गते एमाले केन्द्रीय कमिटीको कनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछु ।’ प्रेस वक्तव्यमा भनिएको छ, ‘पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्याकर्ताहरुमा अपिल गर्दछ।’

एमालेको माधवकुमार नेपाल समूहले बिहीबार केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ। संसद् पुनस्थापना र शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि माधव समूहले केन्द्रीय बैठक आह्वान गरेको हो। केन्द्रीय कमिटी बैठकमा पार्टी विवाद, राजनीतिक घटनाक्रम र सरकारमा जाने कि नजाने भन्नेबारे गम्भीर छलफल हुने बताइएको छ। सोही बैठकलाई मध्यनजर गर्दै एमाले बैठकमा सहभागी कार्यकर्तालाई आह्वान गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *