सभामुख सापकोटाको आचरणमा महेश बस्नेतले औल्याउनु भयो गम्भीर त्रुटि

काठमाडौं । नेकपा एमालेका सांसद् महेश बस्नेतले १४ जना सांसदमाथि गरेको कारबाहीको सन्दर्भमा सभामुखको आलोचना गर्नुभएको छ ।

एमाले जिल्ला संगठन कमिटी भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता बस्नेतले सभामुखको भूमिकामाथि प्रश्न उठाउनुभएको हो । जसपा र माओवादी केन्द्रले सांसद्लाई कारबाही गर्दा केही समयभित्र सदर गर्नुभएका सभाुमखले एमालेले गरेको कारबाही किन अड्काएको भन्दै प्रश्न गर्नुभयो ।

‘जसपा नेतृ सरिता गिरी र माओवादी केन्द्रले सांसद्लाई गरेको कारबाही १२ घण्टाभित्र कारबाही भयो’ उहाँले भन्नुभयो, ‘एमालेको १४ सांसद्माथि गरेको कारबाहीलाई किन सदर नगरेको, किन रोकेको ? हामीले सभामुखलाई चेतावनी दिएर आएका छौं ।’

सांसद् बस्नेतले नयाँ दल दर्ता गर्ने क्रममा माधवकुमार नेपालले केन्द्रीय कमिटीमा राखेका एमालेका ५६ जनामध्ये १६ जना र ३१ सांसद्मध्ये ७ जनाले नाम फिर्ता लिइसकेको दावी गर्नुभयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानविपरीत दल विभाजन गर्ने अध्यादेश जारी गरेको बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *