राप्रपाले पूर्वराजा सहितको कार्यक्रम गर्दै : ज्ञानेन्द्र शाह झापामा

काठमाडौं ! पूर्वराजा ज्ञानेन्द्र शाह झापा आएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार शक्ति प्रदर्शन गर्दैछ।

मेचीनगरस्थित होटल मेची क्राउनबाट राप्रपाले हजारौं मोटरसाइकलको र्‍यालीका साथमा पूर्वराजा शाहलाई स्कर्टिङ गरेर बिर्तामोडसम्म ल्याइने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण कार्यक्रममा सहभागी बन्न पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार अपराह्न झापा आइपुगेका छन्।

बिर्तामोडस्थित इकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण आज पूर्वराजा शाहले गर्ने कार्यक्रम छ । कार्यक्रम दिउँसो १ बजेका लागि तय गरिएको छ ।

कार्यक्रमलाई सफल बनाउन भन्दै राप्रपा अध्यक्ष लिङ्देन करिब १० दिनदेखि झापामै छन्।