युवा नेता तपेन्द्र बिसीको अगुवाइमा सुर्खेतमा अनेरास्ववियुका कमिटीहरु धमाधम विस्तार (तस्वीर सहित)

काठमाडौं ! नेकपा (एमाले) को विध्यार्थी संगठन अनेरास्ववियुले देशभरी आफ्नो संगठन विस्तारको कामलाई तीव्रता दिएको छ ।पार्टिको दशौ महाधिवेशनबाट प्राप्त म्यान्डेट अनुरुप देशभरी संगठन विस्तार गर्नुका साथै चुनाब केन्द्रित कार्यक्रमहरु आयोजना गर्न लागेको हो ।
यसै अनुरुप अनेरास्ववियु सुर्खेतले जिल्लाका विभिन्न विध्यालय एवं क्याम्पसहरुमा कमिटिहरु निर्माण गरेको छ।अनेरास्ववियु पुर्व केन्द्रिय सदस्य एवं युवा नेता तपेन्द्र बिसीका अनुसार पार्टिलाई आगामी चुनाबमा पहिलो बनाउने योजना अनुरुप आफ्नो जिल्लामा आफू सम्बद्ध विध्यार्थी संगठनलाई विस्तार गरिएको बताउनु भयो।उहाँका अनुसार सुर्खेतका यी स्थानहरुमा संगठन विस्तार गरिएको छ ।

१)मिति २०७८/०८/२८ गते नेपाल रास्ट्रीय मा. बि. बेतानमा अध्यक्ष मनिशा रानामगर सहित ४१ सदस्यीय कमिटी गठन ।
२) मिति २०७८/०८/२९ गते ने. रा. मा. बि. लगाममा अध्यक्ष दिपेश बुढामगर सहित ५१ सदस्यीय कमिटी गठन ।
३) मिति २०७८/०८/२९ गते ने. रा. मा. बि. शोभानचौर अध्यक्ष खडक घर्तीमगर सहित २१ सदस्यीय कमिटी गठन ।
४) मिति २०७८/०९/१ गते जगन्नाथ मा. बि. बिजौरामा अध्यक्ष धुर्व सावद सहित २१ सदस्यीय कमिटी गठन ।
५) मिति २०७८/०९/०१ गते देवस्थान मा. बि. कुमालामा अध्यक्ष बिमला टमटा सहित २१ सदस्यीय कमिटी गठन ।
६)मिति २०७८/०९/०१ गते सरस्वती मा. बि. घाटगाउमा अध्यक्ष बिरेन्द्र बिस्ट सहित २१ सदस्यीय कमिटी गठन ।                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *