खडक चौधरीलाई अध्यक्षमा चयन गर्दै नेपाल लोकतान्त्रिक थारु संघ धनगढी उपमहानगरको दोश्रो अधिवेशन सम्पन्न

धनगढी ! नेपाल लोकतान्त्रिक थारु संघ धनगढी उपमहानगरको दोश्रो अधिवेशन सम्पन्न भएको छ। आज धनगढीमा आयोजित उक्त सम्मेलनले नयाँ कार्यसमिति पनि चयन गरेको छ। नेकपा एमाले निकट उक्त संघको अध्यक्षमा खडक चौधरी चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा बिना चौधरी,सचिवमा लक्ष्मी राना चयन भएका छन् । उक्त अधिवेशनबाट २५ सदस्यीय कार्यसमिति चयन भएको हो। उक्त कार्यक्रमको प्रमुख अतिथिमा एमाले पोलिटब्यूरो सदस्य एवं कैलाली जिल्ला इन्चार्ज नारदमुनी राना रहनु भएको थियो। त्यस्तै प्रदेश कमिटी सचिवालय सदस्यहरु राजेश खाती,नेपालु चौधरी,जिल्ला सदस्य एवं धनगढी उपमहानगरकी उपमेयर कन्दकला राना, जिल्ला सदस्य कमल सिंह राना,धनगढी नगरकमिटी अध्यक्ष रामचन्द्र जोशी लगायतका नेताहरुको उपस्थिति थियो।                                                               

Leave a Reply

Your email address will not be published. Required fields are marked *