एमालेद्वारा चुनावी घोषणापत्रका लागि शुभेच्छुकसँग सुझाव आह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्रमा समावेशका लागि पार्टीका सबै मित्र तथा शुभेच्छुकसँग सुझावको आह्वान गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित ‘घोषणा पत्र मस्यौदा कमिटी’ले घोषणापत्रमा समावेश गरिने विषयवस्तुका सन्दर्भमा समग्र पार्टी पङ्तीलाई यही भदौ १५ गतेसम्ममा सुझाव दिन आह्वान गरेको थियो ।
पार्टीका सबै निकाय तथा कमिटीहरू, विभागहरू, पार्टीसम्बद्ध जनसंगठन र पार्टीका नेताकार्यकर्तालाई दिइएको समय सकिएको छ । अधिकांश विभाग र जनसंगठनहरूले आ–आफ्नो सुझाव समेत दिइसक्नुभएको छ ।
एमालेले पार्टी कमिटी बाहिर रहनुभएका एमालेका मित्र तथा शुभेच्छुकहरू र आम जनसाधारणहरूसँग पनि सुझावको आह्वान गरेको छ ।
एमालेप्रति सद्भाव राख्नुहुने जो कोहीले पनि एमालेले आगामी निर्वाचनमा विजयी भएपछि गर्नुपर्ने कामको सुझाव दिन चाहनु भएमा यही भदौ २५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा उपलब्ध गराई दिनुहुन आह्वान गरिएको छ ।
सुझावको लागि पार्टीको केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीलाई सम्पर्क व्यक्ति तोकिएको छ भने इमेलमार्फत सुझाव पठाउन चाहनेहरूले  partyhq@cpnuml.org मा आफ्ना सुझाव पठाउन सक्नुहुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *