कैलाली ! नेकपा एमाले धनगढी उपमहानगर कमिटीले मंगलबार धनगढीमा जनर्याली तथा कोणसभाको आयोजना गरेको छ। देशभरका पालिकामा एकैसाथ प्रदर्शन गर्ने एमालेको केन्द्रीय कार्यक्रम अन्तर्गत धनगढीमा र्याली निकालिएको हो।
उपमहानगर कमिटीको नेतृत्वमा आयोजित र्याली जिल्ला पार्टी कार्यालयबाट मुख्य बजार हुँदै क्याम्पस रोडस्थित गुरही चोकमा आएर कोणसभामा परिणत भएको थियो। कोणसभालाई एमाले पोलिटब्युरो सदस्य एवम् कैलाली इन्चार्ज नारदमुनी रानाले सम्बोधन गरेका थिए भने उपमहानगर अध्यक्ष अम्बिका बिष्ट मल्लले कार्यक्रमको संचालन गरेकी थिइन् ।
एमालेले संविधानको रक्षा र प्रतिनिधिसभा विगठनको विरोधमा र्याली निकालेको हो। उक्त कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं कैलाली क्षेत्र न. ५ कि इन्चार्ज लिला भण्डारी,एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव रण बहादुर चन्द,प्रदेश सचिवालय सदस्य एवं धनगढी उपमहानगर इन्चार्ज नेपालु चौधरी,सह-इन्चार्ज एवं प्रदेश कमिटी सदस्य तिर्थ भट्टराई,सचिवालय सदस्यहरु रुक्मणी देवकोटा/राजेश कुमार खाती,सदस्यहरु सत्यराज स्नेही,प्रशान्त थापा,कन्दकला राना लगायत थुप्रै प्रदेशका नेताहरु,जिल्लाका नेताहरु लगायत उल्लेख्य नेता कार्यकर्ताको उत्साहप्रद सहभागिता रहेको थियो।
