स्थानीय तहलाई प्रदेश मातहत राख्ने कुरा असंबैधानिक-उपमेयर ढकाल

काठमाडौं । विरेन्द्रनगर नगरपालिकाकी उप्रमुख मोहनमाया ढकालले स्थानीय तहलाई प्रदेश मातहतमा लैजाने प्रस्ताव गरेर गाउँको सरकारलाई कमजोर बनाउने खेल सुर गरिएको बताउनुभएको छ ।

वर्तमान सरकारको न्युनतम साझा कार्यक्रम तयार गर्न बनेको कार्यदलले तयार गरेको प्रस्तवामा स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन आवश्यक कार्य गर्ने भनि दिइएको सुझाव प्रति उहाँले आपत्ति जनाउँदै यो गैरसंवैधानिक र प्रतिगमनकारी प्रस्ताव भएको बताउनुभयो । यसले संविधानले परिकल्पना गरेको तीन तहको सरकारको भावनालाई कुठाराघात गर्ने उहाँको भनाइ छ ।

स्थानीय तहलाई प्रदेश मातहतमा लैजानु भनेको विगतको गाविस र नगरपालिकाको अवस्थामा फर्काउनु भएको उहाँले बताउनुभयो । ‘त्यो भनेको स्थानीय सरकालाई विगतको जस्तै स्थानीय निकायमा फर्काउनु हो, जसको कानुन बनाउने र त्यसको कार्यान्वयन गर्ने स्वतन्त्र अधिकार हुँदैन’, उहाँले भन्नुभयो ।

स्थानीय तहले विकास निर्माण र महामारी नियन्त्रणमा काम गरेको सहन नसकेकाले यस्तो प्रस्ताव ल्याएको उहाँले बताउनुभयो । ‘स्थानीय तहको बजेट फ्रिज गएको छैन, समयमा काम सम्पन्न भएको छ, स्थानीय आवश्यकता अनुसार बजेट विनियोजन भएर काम भएको छ, यसबाट संघीयता र लोकतन्त्र विरोधी शक्ति आत्तिएका छन्’, ढकालले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *