गठबन्धन कार्यदलले शिर्ष नेतालाइ बुझायो सरकार सन्चालन सम्बन्धि साझा प्रतिवेदन

काठमाडौँ — सरकारको  साझा न्यूनतम कार्यक्रम तय गर्न गठित सत्ता गठबन्धनको कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरूलाई बुझाएको छ । शुक्रबार बिहान कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको हो ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनको मूल उद्देश्य पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले भत्काएका प्रणालीलाई ‘लिक’मा ल्याउने भन्ने छ ।

‘कार्यदलले प्रतिवेदन बुझाएको छ । अब शीर्ष नेताहरुबीच सल्लाह र अध्ययन हुन्छ त्यसपछि सरकारले यसलाई अध्ययन गरी सार्वजनिक गर्छ,’ माओवादी केन्द्रका तर्फबाट कार्यदल सदस्य देव गुरुङले भने । न्यूनतम कार्यक्रमसँगै सरकार सञ्चालन कार्यविधि र मन्त्रीहरुको आचारसंहिताको पनि प्रस्ताव गएिको छ ।

सत्ता गठबन्धनले बनाएको कार्यदलले बुधबार आचारसंहिता, सरकार सञ्चालन कार्याविधि र न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएको थियो । सरकारनिकट स्रोतका अनुसार न्यूनतम साझा कार्यक्रम, मन्त्रीहरुको आचारसंहिता र कार्यविधि मुख्य रुपमा कोभिड नियन्त्रण, शान्ति सुरक्षा र सामाजिक रुपान्तरणका मुद्दामा केन्द्रित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *