स्थानीय तहकाे चुनावलाई लिएर गठबन्धनले अघि सारेका विकल्प संविधानसम्मत छैन : महामन्त्री गगन थापा

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको चुनाव संविधानसम्मत गर्नुपर्ने बताउनुभएको छ । आज शुक्रवार पार्टीकाे केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको चुनावकाे सम्बन्धमा अघि सारेका विकल्पहरू संविधानसम्मत नभएको बताउनुभयो ।

कानुन संशोधन गरेर चुनाव गरे संविधानसम्मत नहुने भन्दै उहाँले संविधानसम्मत नभएको कुरालाई कांग्रेसले बोक्नु नहुने बताउनुभयो । पार्टी सभापति शेरबहादुर देउवालाई आफूहरूले याे कुरा राखिसकेको उहाँले उल्लेख गर्नुभयो । गठबन्धनले संविधानसँग बाझिने गरी कुनै पनि काम नगर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *