प्रचण्ड र नेपाल कांग्रेसमा प्रवेश गरेर एमालेसँग चुनाव लड्न आए हुन्छ : नेता बस्नेत

काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेर चुनाव लड्न चुनौती दिनुभएको छ ।

प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उहाँले नेपालमा कांग्रेस र कम्युनिस्ट दुईवटा दलको आवश्यकता रहेको भन्दै प्रचण्ड र नेपाललाई कांग्रेससँग पार्टी एकता गर्न सुझाव दिनुभएको हो ।

“देशमा अब च्याँखे थाप्ने दलको काम छैन, यसले विकास र समृद्धि रोकिन्छ,” उनले भने,“ठुला दलका बीचमा खेलेर अस्थिरता सिर्जना गर्ने यस्ता दललाई जनताले पनि साथ दिन हुन्न ।”-उहाँले भन्नुभयो।

उहाँले पाँच दल मिल्दा पनि एमालेलाई चुनावमा जित्न नसक्ने भयले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको टिप्पणी गर्नुभयो । स्थानीय तहको निर्वाचन सार्न संविधानको अपव्याख्या गर्ने काम स्वयम् सरकारले गरिरहेको पनि बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *