रास्वपाको केन्द्रीय समितिको बैठक जारी

काठमाडौं ! पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा केही बेरअघि सुरु भएको हो। बैठकमा महामन्त्री मुकुल ढकालको प्रतिवेदन र पछिल्लो राजनीतिक परिस्थिति एजेन्डा रहेको जनाइएको छ।

नेकपा एमालेले वर्तमान सत्ता गठबन्धन तोडेर प्रमुख प्रतिपक्षी दलसँग सत्ता सहकार्य गर्ने निर्णय गरेपछि सत्तारुढ रास्वपा छलफलमा जुटेको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रहेको रास्वपाले नयाँ बनेको कांग्रेस–एमाले गठबन्धनको सरकारमा सामेल नहुने यसअघि नै बताइसकेको छ। यद्यपि औपचारिक निर्णय आउन बाँकी छ।