बागमती प्रदेश सरकारको प्रवक्तामा केशवराज पाण्डे

काठमाडौ ! बागमती प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले मन्त्री केशवराज पाण्डेलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री तथा भौतिक पुर्वाधार बिकाश मन्त्रीमा नियुक्त पाण्डेलाई उक्त बैठकले प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

बागमती प्रदेशमा हिजो अस्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार बनेको थियो। मुख्यमन्त्री नियुक्ति सगै उहाले आफ्नो मन्त्रीमण्डलमा केशव पाण्डे र कृष्ण खनाललाइ नियुक्त गर्नुभएको थियो। अरु मन्त्रालयमा पार्टिको आन्तरिक छलफल पछि मन्त्रीहरु नियुक्ति गर्ने जनाईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *