फेरि फुट्यो बाबुराम भट्टराईको पार्टी : महिन्द्र राय यादव सहितका नेताहरु माओवादीमा समाहित

काठमाडौँ- बाबुराम भट्टराई नेतृत्वको गरेको नेपाल समाजबादी पार्टीमा फुट देखिएको छ ।  पार्टीबाट प्रतिनिधि सभा सांसद समेत रहेका महिन्द्र राय यादव समूह अलग्गिएको हो ।

नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)को महिन्द्र राय यादव समूहबीच एकता भएको छ ।

आज दुई पार्टी बीच एकता भएको नेकपा (माओवादी केन्द्र) का  महासचिव देवप्रसाद गुरुङले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ । यो संगै माओवादीकै पूर्व नेता डाक्टर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी फुटेको छ ।

नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव र सहअध्यक्ष गंगानाराण श्रेष्ठ सहितका नेता पार्टी बिभाजन गरी माओवादी केन्द्रसंग एकिकरणमा जानुभएको हो । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको थियो ।

दुई पार्टीबीच भएको चार बुँदे सहमतिपत्रमा एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनबाट टुङ्गो लगाउने उल्लेख छ ।।