नेकपा एसको सचिवालय बैठक बस्दै : सरकारमा सहभागिताबारे निर्णय हुने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज(बुधबार)बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ  ।

नयाँ सत्ता गठबन्धन र सरकारमा सहभागी हुने नहुने निर्णय गर्न पाटीको बैठक बस्न लागेको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।