एमाले नेता विशाल भट्टराईको टिप्पणी : माधव नेपालसग कुनै ठोस राजनैतिक एजेन्डा छैन

काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपालले पार्टी विभाजन गर्ने प्रक्रिया अगाडि बढाएर राजनीतिक नेतृत्व गुमाएको टिप्पणी गर्नुभएको छ।माधवकुमार नेपाल समूहले नयाँ दल नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिएपछि कुरा गर्दै भट्टराईले नेता नेपाललाई उनकै समूहका नेताहरुले साथ नदिएको बताउनु भयो।

‘ठूलो पंक्तिले माधव नेपाललाई छाडेका छन् । यसले के प्रमाणित गर्छ भने उनीसँग त्यस्तो ठोस राजनीतिक एजेण्डा छैन’ ।
राजनीतिक दलको नेतृत्व बन्नका लागि ठोस राजनीतिक एजेण्डा हुनुपर्ने भन्दै उहाले माधव नेपाल प्राविधिक र प्रशासनिक क्षेत्रको नेता जस्तो बनेको टिप्पणी गर्नुभयो।
राजनीतिक एजेण्डा बोक्न नसकेकै कारण उनले आफू स्थापित हुनका लागि पार्टी विभाजनको प्रक्रिया अगाडि बढाएको नेता भट्टराईले आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *