दल विभाजन संबंधि अध्यादेश विरुद्ध युवा संघको विरोध प्रदर्शन

काठमाडौ ! दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा एमाले निकट युवा संघले विरोध प्रदर्शन गरेको छ । मंगलबार बानेश्वर चोकमा नेकपा एमालेको संगठन युवा संघ नेपालले सरकारले ल्याएको पार्टी विभाजन सम्बन्धी अध्यादेशको विरोध प्रदर्शन गरेको हो ।

‘दल विभाजनसम्बन्धी विधेयक खारेज गर’ लगायत विभिन्‍न नारा लगाएर युवाहरुले प्रदर्शन गरेका हुन् ।

सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याए दल विभाजन गर्न सक्ने गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि आफूहरु बाध्य भएर आन्दोलनमा उत्रनु परेको युवा संघका केन्द्रीय सदस्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *