महन्थले दर्ता गर्ने भए नया पार्टी : पार्टिको नाम जसपा(लोकतान्त्रिक),चुनाब चिन्ह साइकल

काठमाडौ ! साइकल छाप चुनाव चिन्ह राखेर महन्थ ठाकुरले जनता समाजवादी पार्टी (लोकतान्त्रिक) नामक नयाँ दल दर्ता गर्ने तयारी गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेको बेलामा ठाकुर पक्षले पनि उक्त दल निर्वाचन आयोगमा दर्ता गराउने तयारी गरेका छन।


ठाकुर निकट एक सांसदले दिएको जानकारीअनुसार ठाकुर मात्र एकल अध्यक्ष रहने गरी उक्त दल दर्ताको लागि तयारी गरिएको हो ।

अहिले दर्ता गर्ने बेलामा २३ सदस्यीय कार्यकारिणी समितिको नाम पठाउने तयारी गरिएको छ । ‘निर्वाचन आयोगमा दल आधिकारिकताको लागि ठाकुर पक्षमा सनाखत गर्ने १६ जनासहित बाँकी रहेका ७ जना सांसदको नाम समेत कार्यकारिणीमा राखिएको छ,’ ती सांसदले भने,’सनाखतका बेलामा तटस्थ बस्नु भएका निलम्बित सांसद रेशमलाल चौधरीलाई पनि हामीले कार्यकारिणीमा राखेका छौं ।’

रेशम चौधरीको नाम उपेन्द्र यादव अध्यक्ष रहेको जसपाको ३५ सदस्यीय कार्यकारिणीमा समेत राखिएको छ । उनी दुवै पार्टी तर्फको सूचीमा राखिएका हुन् ।

अहिले दल दर्ता गर्नका लागि निवेदन दिने  र कति जना केन्द्रीय समिति रहने विषयमा पछि सबै तय गरिने उनले बताए ।

साविकमा राष्ट्रिय जनता पार्टी हुँदा स्थानीय तहमा राजपाले साइकल छाप चुनाव चिन्ह पाएका थियो । त्यही चुनाव चिन्हबाट राजपाका उम्मेदवारहरूले स्थानीय तहको निर्वाचनमा भाग लिएका थिए ।

यसअघि शरतसिंह भण्डारीले नेतृत्व गरेको राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा) ले साइकल चिन्ह पाएको थियो । रामसपाले पहिलो दोस्रो संविधान सभाको चुनावमा साइकल छाप लिएर चुनाव लडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *