नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत

काठमाडौं ! नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत भएका छन् । अहिले जारी नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा चौधरीको मात्रै उम्मेदवारी परेकाले उनी सर्वसम्मत भएका हुन् ।

रेशमकी पत्नी रञ्जिता श्रेष्ठ यसअघि पार्टी अध्यक्ष थिइन् ।

चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।