सरकार विरुद्ध अत्तरिया कैलालीमा रास्ट्रीय युवासंघको मसाल जुलुस

काठमाडौ ! नेकपा एमालेको भातृ संगठन रास्ट्रीय युवासंघ नेपालले आज देशैभरी सरकारको विरोध प्रदर्शन गरेेेको छ।

सरकारले राजनैनिक पार्टी फुटाउने अध्यादेश ल्याएपछी आक्रोशित बनेको एमालेले आफ्ना सबै संगठनलाई सरकारको गैरराजनीतिक चरित्र विरुद्ध उत्रीन निर्देशन दिईसकेको छ। उक्त निर्देशन लगत्तै आजै रास्ट्रीय युवासंघ र अनेरास्ववियुले काठमाडौ लगायत देशका विभिन्न ठाउमा बिरोध प्रदर्शनका साथै प्रधानमन्त्रीको पुत्ला जलाएका छन।

रास्ट्रीय युवा संघले आज काठमाडौ लगायत देशका बिभिन्न भागहरुमा मसाल जुलुस प्रदर्शन गरेर सरकारको बिरोध गरेको छ।त्यसै अनुरुप सभ्यखबरलाइ प्राप्त रिपोर्ट अनुसार आज साझ कैलाली जिल्लाको अत्तरियामा युवा संघले सरकार विरुद्द मसाल जुलुस निकालेको छ। संघका केन्द्रिय सदस्य रबिन्द्र रोका मगर र अर्का युवा नेता सन्तोष सिंहको फेसबुक वालमा प्रदर्शनका पोस्ट सहित फोटाहरु देख्न सकिन्छ।                                                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *