अध्यादेशको विरोधमा सरकार विरुद्ध रास्ट्रीय युवासंघ नेपालले भोलि देशव्यापी विरोध प्रदर्शन गर्ने

काठमाडौ ! नेकपा एमालेको भातृ संगठन रास्ट्रीय युवासंघ नेपालले भोलि देशैभरी सरकारको विरोध प्रदर्शन गर्ने भएको छ।

सरकारले राजनैनिक पार्टी फुटाउने अध्यादेश ल्याएपछी आक्रोशित बनेको एमालेले आफ्ना सबै संगठनलाई सरकारको गैरराजनीतिक चरित्र विरुद्ध उत्रीन निर्देशन दिईसकेको छ। उक्त निर्देशन लगत्तै आजै रास्ट्रीय युवासंघ र अनेरास्ववियुले काठमाडौ लगायत देशका विभिन्न ठाउमा बिरोध प्रदर्शनका साथै प्रधानमन्त्रीको पुत्ला जलाएका थिए।

रास्ट्रीय युवा संघले भोलि काठमाडौ लगायत देशका विभिन्न भागहरुमा सशक्त आन्दोलन गर्दैछ।काठमाडौमा भोलि दिउँसो ३ बजे नया बानेश्वरमा उपस्थित हुन युवाहरुलाइ आह्वान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *