बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं ! नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले उनलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गते न्यायाधीशहरु जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि आज तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो ।

त्यसदिन पाण्डेले ३० लाख धरौटीमा छाड्न आदेश गरेका थिए । तर, खरेलले छाड्न अस्वीकार गरेपछि खाणको मुद्दा तेस्रो न्यायाधीशको हातमा गएको थियो ।