राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं ! कमल थापा नेतृत्वको  राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज आइतबारदेखि सुरु हुँदैछ । जसका लागि हिजो शनिबार कार्य सम्पादन समितिको बैठक बसेको थियो।

बैठकले काठमाडौंमा शुरु हुने केन्द्रीय समितिको एजेन्डा तय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका अनुसार बैठकमा प्रस्तुत हुने  कार्यपत्र र प्रतिबेदनहरु पनि परिमार्जन सहित पास भएको छ ।

पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘भ्रष्ट व्यवस्थाको अन्त्य, संबैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको स्थापना र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण’ बारे प्रस्तुत राजनितिक कार्यपत्र महामन्त्री रबर्तौलाद्वारा प्रस्तुत संगठन बिभागको प्रतिबेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत आर्थिक प्रतिबेदन केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने गरि अनुमोदन गरिएको छ ।