सिके राउत दाउ- मुठभेड निम्त्याएर मधेसमा राजनीति चम्काउने दाउमा

जनकपुरधाम । सोमबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया खण्डमा ट्रकमा आगजनी गरिएको छ। सिके राउतले आह्वान गरेको चक्काजाम गर्ने क्रममा मिर्चैया नगरपालिका–६ बतहा पुलनजिक उखु बोकेको ना ४ ख १००९ नम्बरको ट्रकमा चार/पाँचजनाको समूहले आगजनी गरेको हो।

आगजनीबाट ट्रकअगाडिको भाग जलेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद ओलीले जानकारी दिए। आगजनीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।

गत शुक्रबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ महुली पुलमा गिट्टी बोकेर पूर्वतर्फ जाँदै गरेको ना ६ ख ७६२९ नम्बरको ट्रकमा आगजनी गरिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले ट्रकमा आगजनी गर्ने समूहको खोजी भइरहेको बताएका छन्।

आइतबार बिहानैदेखि पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा सडक अवरुद्ध गरी बसेका जनमत पार्टीका कार्यकर्ता हटाउन खोज्दा झडप भयो। प्रहरीले १६ राउण्ड अश्रु ग्यास र ११ राउण्ड रबरको गोली चलाएर अवरुद्ध सडक खुलायो। याे खबर नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *