हामीलाई सत्ता गठबन्धनबाट निकाल्ने षड्यन्त्र भइरहेको छः माधव नेपाल

काठमाडौँ ! नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष नेपालले गठबन्धनलाई कमजोर पार्नका लागि आफ्नो पार्टीलाई बाहिर निकाल्ने काम भइरहेको बताए।

उनले सबै सो षड्यन्त्रबाट होशियार रहन आग्रह गरे। उनले गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी आफूहरुको रहेको बताए। गठबन्धन बनाउने काममा भूमिका आफूहरुले नै खेलेको भन्दै गठबन्धन पनि आफूले नै जोगाउनुपर्नेमा जोड दिए।

अनुचित कुराका विरुद्धमा संघर्ष गर्ने र नयाँ स्तरको उन्नत कम्युनिष्टहरुको एकता कायम गर्दै अघि बढ्ने नीति आफूहरुको रहेको बताए।

उनले भने, ‘आज गठबन्धनलाई धारे हात लगाएर यसलाई कमजोर पार्नका लागि अनि यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नका लागि जुन किसिमको षड्यन्त्र भइरहेको छ, त्यसबाट होशियार हुनका लागि म सबैलाई आह्वान गर्न चाहन्छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *