नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने

काठमाडौं ! लामो समयको अन्यौलतापछि अन्ततः नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा जान सहमत भएको छ।

नेपाली कांग्रेसकाे नेतृत्वमा गठन भएकाे सरकारलाई विश्वासकाे मत दिएकाे नागरिक उन्मुक्ति पार्टी सरकार गठनकाे झण्डै ७ महिनापछि सरकारमा जान सहमत भएकाे हाे।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को रोहबरमा बालुवाटारमा बसेको मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीबीचको छलफलपछि नागरिक उन्मुक्ति सरकारमा जान सहमत भएकाे हाे।

नागरिक उन्मुक्तिले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री र साेही मन्त्रालयकाे राज्यमन्त्री पाउने सहमति भएकाे छ साथै,विभिन्न समितिहरुमा उसले नेतृत्व पाउने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *