लुटिएको जनादेश चुनावले फिर्ता गराउनेछः शंकर पोखरेल

काठमाडौ ! लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले आउने चुनावले ‘परमादेशबाट लुटिएको जनादेश फिर्ता गर्ने’ बताउनु भएको छ। लोकतान्त्रिक सरकार निर्माणको स्थापित बाटो चुनावको जनादेश नै भएको उहाको टिप्पणी छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले सो दावी गर्नुभएको हो । विपक्षीहरु परमादेशबाट सरकारमा पुगेको भन्दै उहाले कटाक्ष गर्नुभएको छ ।

उहाँ लेख्नुहुन्छ, ‘नेपाली राजनीति केपी ओली पक्ष र विपक्षमा विभाजित छ । परमादेशवाट विपक्षीहरु सरकारमा पुगेका छन् । तर आउने चुनावले परमादेशवाट लुटिएको जनादेश अवश्य फिर्ता गराउनेछ । किनकि लोकतान्त्रिक सरकार निर्माणको स्थापित बाटो चुनावको जनादेश नै हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *