सुन प्रकरणबारे छानबिन गर्न रास्वपाले दर्ता गर्‍यो जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

काठमाडौँ ! राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि पेश गरेका छन्।

आज बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा जारी प्रतिनिधसभा बैठकमा रास्वपाका सांसदले सुन प्रकरणको विषयलाई जोड्दै जरुरी सार्वजनिक महत्त्वका विषयमाथि छलफल गर्न प्रस्ताव पेश गरेका हुन्।

रास्वपाका सांसदहरूले विमानस्थल सुन प्रकरणले निम्त्याएका नकारात्मक असर र यसले देशको अर्थतन्त्रमा पार्ने असर देखाउँदै प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७१ बमोजिम सो प्रस्ताव पेश गरेका हुन्।

सुन प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको समेत संलग्नता रहेको भन्ने हल्लालाई लिएर सांसदमा रास्वपा, नेकपा एमाले लगायत प्रमुख प्रतिपक्षी दलहरूले जवाफ खोजिरहेका छन्।

यस्तो छ प्रस्तावित सूचना:

Leave a Reply

Your email address will not be published. Required fields are marked *