नागरिक उन्मुक्ति पार्टी तत्काल सुदूरपश्चिम सरकारमा सहभागी नहुने

काठमाडौं ! नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने भएको छ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्रचार गर्दै पार्टीको केन्द्रको निर्णयअनुसार मन्त्रालयको भागबन्डा नमिलेकाले प्रदेश सरकारमा सहभागी नहुने जानकारी गराएकी छन्।

शपथ ग्रहणको लागि संसदीय दलका नेता घनश्याम चौधरीसहितका नेताहरू दिउँसो नै धनगढी पुगेका थिए। तर, केन्द्रीय अध्यक्षको निर्देशनपछि शपथ ग्रहण रोकिएको छ।

नागरिक उन्मुक्तिबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरी सिफारिस गर्ने निर्णय सोमबार मात्र गरेको थियो।                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *