जसपा निकट कानून व्यवसायीको राष्ट्रिय सम्मेलन शिवपुरीमा हुँदै

काठमाडौँ  । जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध संघीय कानून व्यवसायी एसोसिएशनको राष्ट्रिय सम्मेलन आह्वान गरिएको छ ।
जसपा नेपाल निकट कानून व्यवसायीहरुको छाता संगठन उक्त एसोसिएसनमा आवद्ध देशैभरीका करिब डेढ सय जना कानून व्यवसायीहरु राष्ट्रिय सम्मेलनमा सहभागी हुँदैछन् ।
सो सम्मेलन आगामी साउन ५ र ६ गते काठमाडौँको बूढानिलकण्ठ शिवपुरीस्थित नोभा रिसोर्टमा आयोजना हुन लागेको संघीय कानून व्यवसायी एसोसिएसनका राष्ट्रिय अध्यक्ष अधिवक्ता दिपक राईले जानकारी दिए ।
यही साउन ५ गतेदेखि सुरु हुने दुई दिवसीय उक्त सम्मेलनलाई जनता समाजवादी पार्टी नेपालका अध्यक्ष मा. उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
बैठकले राष्ट्रिय सम्मेलन सम्पन्न गर्न व्यवस्थापन समिति, आर्थिक समिति, प्रचार प्रसार समिति र जनसम्पर्क समिति गठन समेत गठन गरेको अध्यक्ष राईले बताए ।
कानून व्यवसायीहरुको यो संगठन पार्टीमा बौद्धिक पेसाकर्मी महासंघ अन्तर्गतको मुख्य घटक संगठनको रुपमा सक्रिय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *