प्रधानमन्त्रीले संसद्‌मा आफ्नो कमजोरी स्वीकारी आत्मालोचित हुने र एमालेले सदन चल्न दिने सहमति

काठमाडौं ! संसद्‌मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले गरेको कमजोरी स्वीकार गरी आत्मालोचित भै संसद्‌लाई सम्बोधन गर्ने भएपछि संसद् चल्न दिने सहमति भएको छ।

सोमबार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिप्रति कमजोरी स्वीकार्ने र प्रतिपक्षीले सदन चल्न दिने सहमति भएको हो।

सिंहदरबारमा बसेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीचको बैठकले प्रधानमन्त्रीलाई पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिबारे स्पष्ट पार्न दिनेगरी बैठक सकिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *