जसपाको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको  केन्द्रीय समितिको बैठक आज बस्दै छ । भोलि देखी सुरु हुने विधान अधिवेशनको अन्तिम तयारीका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार भोलि देखी नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने मस्यौदा विधानलाई अनुमोदन गर्नका लागि आजको बैठक बस्न लागेको हो । बैठकले केन्द्रीय समितिबाट मस्यौदा विधान पारित गरे पछि विधान अधिवेशनमा प्रस्तुत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *