रास्वपाले आज आफ्नो पहिलो वार्षिकोत्सव नयाँ घरमा मनाउँदै

काठमाडौं ! राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज आफ्नो पहिलो वार्षिकोत्सव नयाँ घरमा मनाउँदै छ । सो अवसरमा रास्वपाले बालाजुस्थित केन्द्रीय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
चियापान बालाजुस्थित नयाँ पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुने जनाइएको छ।

रास्वपाको पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको पार्टीले जनाएको छ । उक्त चियापान कार्यक्रममा पूर्व प्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *