जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं ! जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।

असार ७ गते बिहीवार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार बैठकमा विधान अधिवेशनको तयारी र असार ९ गतेको केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्ने तथा  समसामयिक राजनीति लगायतका विषयमा छलफल गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *