प्रचण्डको नेतृत्वमा आज समाजवादी मोर्चा घोषणा हुँदै

काठमाडौं ! माओवादी केन्द्र,नेकपा एस,जसपा र विप्लवले नेतृत्व गरेको नेकपा गरि चार दलले आज समाजवादी मोर्चा घोषणा गर्दैछन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा सोमबार गठन गर्ने सहमति भएको हो ।

डा. बाबुराम भट्टराईको समाजवादी पार्टी भने छलफलमै रहेको र तत्काल मोर्चामा सहभागी हुने विषयमा स्पष्ट भइसकेको छैन ।
मोर्चामा सहभागी हुने भनिएका वामदेव गौतमले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेर आफ्नो व्यवस्थापन भए समाजवादी मोर्चामा नजाने बताएपछि उनी एमालेमै फर्किने सम्भावना बढी रहेको छ ।

समाजवादी मोर्चामा रहेका दलबीच आलोपालो नेतृत्व गर्ने जनाइएको छ। राष्ट्रिय सभागृह काठमाडौंमा समाजवादी मोर्चा नेपाल घोषणा गर्ने कार्यक्रम तय भएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *