काठमाडौं ! वामदेव गौतमले एमालेमा फर्किने घोषणा गरेका छन् । बुधवार राष्ट्रियसभाको बैठकमा भाग लिएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमालेले उमेर हद हटाएकोमा खुसी व्यक्त गरेका हुन् । उनले आफुलाई अध्यक्ष ओलीले औपचारिक रुपमा बोलाए नि:सर्त एमालेमा फर्किने बताएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले बोलाए आफू नि:सर्त र खुसीसाथ एमालेमा फर्किने उनले बताए । ‘उमेर हद शारीरिक अवस्था हो । उमेरका आधारमा विभेद गर्न पाइँदैन । यो अपराध हो । यो हट्नै पर्ने हो । यसपटक हटाएको होइन, निलम्बन गरेको हो,’ उनले भने, ‘यदि उहाँहरूले मलाई खबर गर्नुभो । तपाई आउनुपर्यो भन्नुभयो भने म र मसँग भएका साथीहरू लिएर जान्छु । यही अवस्थामा जान्छौँ ।’
बामदेव गौतम हाल राष्ट्रिय सभाका सदस्य छन् । उनले हाल राष्ट्रिय एकता केन्द्र नामको आफ्नो छुट्टै गतिविधि संचालन गरेका छन् ।