रास्वपाको बैठक बस्दै : सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्ने

काठमाडौं ! सरकारका बिषयमा निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक शुक्रबार बस्दैछ । पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकमा मूलतः सरकारमा सहभागी हुने या बाहिरिने भन्नेबारे गम्भीर छलफल भएर आवश्यक निर्णय हुनेछ ।

स्रोतका अनुसार रास्वपामा पछिल्लो समयमा सरकारमा सहभागी हुनु भन्दा बाहिर बस्नु उचित हुने आवाज बलियो बन्न थालेको छ। वर्तमान सरकार खिचडी जस्तो रहेको र स्थिरपनि नहने भन्दै जनसवालमा यो सरकारले काम गर्न नसक्ने आकलन रास्वपाको रहेको बुझिएको छ। यधपी उसले आजको बैठकबाट सरकारमा रहने वा समर्थन फिर्ता लिने भन्नेबारे निर्णय लिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *