रास्वपाले सरकारमा बस्ने कि बाहिरिने भनेबारे शुक्रबार निर्णय गर्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने कि नजाने भन्ने विषयमा शुक्रबारको बैठकले निर्णय गर्ने भएको छ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकपछि बोल्दै पार्टी प्रवक्ता डा. मुकुल ढकालले सरकारमा जाने कि प्रतिपक्षमा बस्ने भन्नेबारे शुक्रबारको बैठकले निर्णय गर्ने बताए।

‘अहिलेको अवस्थामा हाम्रो पार्टी सरकारमा छैन तर संसदमा सत्तापक्षको बेन्चमा छ। अब पार्टीले कि प्रतिपक्षमा बस्ने कि सरकारमा जाने स्पष्ट निर्णय गर्छ।’ ढकालले भने, ‘अब शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेर निर्णय गर्छौं‌।’

​उनले सोमबारको बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा जाँदा र नजाँदाका फाइदा बेफाइदाबारे धारणा राखेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *