रास्वपाको केन्द्रिय कमिटी र संसदीय दलको बैठक बस्दै : सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्ने

काठमाडौं ! आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय कमिटी र संसदीय दलको बैठक बस्दैछ ।

केन्द्रीय समितिको बैठक पार्टी कार्यालय बसुन्धरामा बिहान ११ बजे बस्नेछ भने दलको बैठक दिउँसो ३ बजे बस्ने तय गरिएको रास्वपाका एक नेताले बताए।

विशेषतः आजको बैठकमा सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चुन्ने र सरकारमाथिको समर्थनमा केन्द्रित रहने जनाइएको छ।

वैशाख १० गतेको उपनिर्वाचनमा चितवन २ र तनहुँ १ मा शानदार मतसहित निर्वाचित भइसकेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टीभित्र दबाब बढेको छ। सभापति लामिछानेले आइतबारमात्र प्रधानमन्त्री प्रचण्डलाई भेटेर पार्टीले समर्थन फिर्ता लिने जनाउ गरेका थिए। रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए दाहाल सरकार अप्ठ्यारोमा पर्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *