रास्वपाका उपसभापतिले दिए संसदीय दलको नेताबाट राजीनामा

काठमाडौं । रास्वपाका उपसभापति एवं दलका नेता डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् ।शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् ।

उक्त पार्टीको संसदीय दलको बैठक सोमबार बस्ने र बैठकले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको रास्वपा नेता अर्यालले जानकारी दिए । सभापति लामिछाने बैशाख १० मा सम्पन्न उपनिर्वाचनमा चितवन-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *