रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए प्रतिनिधि सभा सदस्यमा पद तथा गोपनियताको शपथ

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका छन् । उपनिर्वाचनमा निर्वाचित भएका उनीहरुले आज सिंहदरबारमा सभामुख देवराज घिमिरेसमक्ष शपथ लिएका हुन् ।

बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा २ बाट उपेन्द्र यादव, चितवन २ बाट रवि लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्ले निर्वाचित भएका थिए ।

बारा-२ बाट निर्वाचित उपेन्द्र यादव भने बारामै रहेका आजको।कार्यक्रममा उपस्थिति भएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *