गण्डकी प्रदेशको चौथो मुख्यमन्त्री बन्दै काङ्ग्रेस नेता पाण्डे

काठमाडौं ! गण्डकी प्रदेशको चौँथो मुख्यमन्त्री काङ्ग्रेस नेता सुरेन्द्रराज पाण्डे बन्नेछन् । माओवादी केन्द्रले समेत नेता पाण्डेको नाममा सहमति जनाएको बुझिएको छ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार बनाउने दाबी प्रस्तुत गर्न दिएको समय बिहीबार ४ बजे सकिँदै छ । सरकारमा दाबी प्रस्तुत गर्न जानुअघि अहिले कांग्रेस–माओवादीका सांसदहरू पोखराको पाँच तारे होटल पोखरा ग्राण्डमा बैठकमा बसेका छन् । दिउँसो ३ बजे कांग्रेस र माओवादीका सांसद प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा छन् । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न गत आइतबार आह्वान गरेका थिए । आज ३ बजे कांग्रेस, माओवादी केन्द्र र एक जना स्वतन्त्र सांसद सरकारमा दाबी प्रस्तुत गर्न प्रदेश प्रमुखको कार्यालय जाँदैछन् । मुख्यमन्त्रीमा दावी पश्चात् प्रदेश प्रमुख गुरुङले आज नै पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *