अयोग्य लडाकुको नाममा पैसा बाँड्ने सरकारको तयारी स्वीकार्य नहुने कोइरालाको चेतावनी

काठमाडौं ! नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने सरकारको तयारी स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

बिहिवार सामाजिक सञ्जालमा लेख्दै कोइरालाले मुलुकको ढुकुटीमा पैसा नभएर सरकारी कर्मचारीलाई तलब र पूर्व शिक्षकहरूको पेन्सन दिन समेत नसकेको अवस्थामा सरकारले पूर्व लडाकुको नामम पैसा बाँड्ने कार्य स्वीकार्य नहुने लेखेका छन् ।

नेता कोइरालाले विगतमा क्यान्टोनमेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाबकिताब नबुझाएको र द्वन्द्वकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याएको आरोप पनि लगाएका छन्।

‘बिगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाव किताव वुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलब र पूर्वशिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन,’ उनले लेखेका छन्।

प्रचण्ड सरकारले केहि दिन अघि अयोग्य लडाकुको नाममा रकम बाड्ने नीति नबनाएको जिकिर गरेको थियो तर सरकारले नै अर्कोतिर यस्तो निर्णय गर्न लागेकोले सर्वत्र विरोध भएको छ। देशमा आर्थिक संकट निम्तिरहेको समयमा अयोग्य लडाकुलाई सरकारी ढुकुटी बाड्नु उपयुक्त नहुने भन्दै प्रतिपक्षी दल एमाले लगायतका दलहरुले पनि विरोध जनाइसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *